मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’

Ujyalosandeshonline 12437+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफलमा बोल्दै उनले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसक्दा निजामती कर्मचारीहरुमा समेत नकारात्मक प्रभाव पारेको बताए ।  

उनले भने,‘मलाई कहिलेकाँही खड्किन्छ, हाम्रो मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत किन रहन सक्नुभएन होला जस्तो लागेको छ । यसले आम निजामती कर्मचारीदेखि तलसम्मकालाई के प्रभाव परेको होला आफैंले हेर्न पर्ने विषयवस्तु हो कि होइन होला ?’

उनले कर्मचारी सरुवाको विषयमा समस्या रहेको भन्दै सरुवालाई व्यवस्थित गर्न अहिले भइराखेको कानुनमा पनि अझ अझ ठोस र मूर्त बनाउनुपर्ने धारणा राखे । 

उनले भने,‘हाम्रो एउटा सरुवाको समस्या छ । सरुवालाई व्यवस्थित गर्ने अलिकति अहिले हाम्रो भइराखेकोमा अझ के बनाउन सकिन्छ होला । अलि ठोस अलि मूर्त यो कानुनमा चाहिन्छ भन्ने जिज्ञासा राख्न चाहन्छु ।’

त्यस्तै पूर्व मुख्य सचिव नै राजनीतिक दल कै झोला बोकेर जाने हो भने मात्र मुख्य सचिवको पदीय मर्यादामा प्रश्न उठ्ने बताए । मन्त्रीले आफ्नो स्वार्थको लागि सचिवहरुको सरुवा गर्ने गरेको भन्दै राजनीतिक शिक्षामा पनि कमि भएको उनको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार