मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

इलाममा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’अभियान, दुर्गा प्रसाईं सहभागी

Ujyalosandeshonline 11564+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

इलाम । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ । विहीबार इलाम चोक बजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाएका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो । सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरु सदरमुकाममा आएका हुन । 

सहभागीहरुले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लेखिएको छ । 

निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताएका छन् । 

इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिताविरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन् । सभामा प्रसाईं आफैं सहभागी छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार