शहीदहरुको सपना अझै पूरा भएन : भोपेन्द्र प्रसाद यादव

Ujyalosandeshonline 11164+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

मर्चवार। जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले मधेशी शहीदहरुको सपना अझै पूरा नभएको बताएका छन् । पार्टीले बलिदानी दिवसको अवसरमा शुक्रबार रुपन्देहीको मर्चवारी गाउँपालिका–७ स्थित बगौलीमा आयोजना गरेको दीप प्रज्जवलन कार्यक्रममा बोल्दै सचिव यादवले यस्तो बताएका हुन् । 

उनले भने, ‘मधेश विद्रोहदेखि अहिलेसम्म मधेशी शहीहरुको सपना पुरा भएको छैन । त्यसले अब जनमत पार्टीको नेतृत्वमा एकपटक वा कि पारको आन्दोलन गर्नुपर्छ ।’ उनले शहीदहरुको बलिदानीको कदर गर्नुपर्ने र योगदान कहिल्यै पनि भुल्न नहुने बताए ।कार्यक्रममा जनमत पार्टीका नेता-कार्यकर्ताहरुले शहीदहरुको सम्झनामा दीप प्रज्जवलन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार