मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

ज्येष्ठ नागरिकलाई खाँडादेवी गाउँपालिकाको सम्मान, घर घरमा गएर ब्ल्याङकेट वितरण

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

रामेछाप । खाँडादेवी गाउँपालिकाले गाउँपालिकाका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ब्ल्याङकेट वितरण गरेको छ । गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप न्यानो कपडाको रुपमा ब्ल्याङकेट वितरण गरेको हो ।

गाउँपालिका उपाध्यक्ष रमा घिसिङले गाउँपालिकाका ८५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा नै गएर ब्ल्याङकेट दिएर सम्मान गरिएको बताइन् । 

गाउँपालिकामा ८५ वर्ष माथिका २ सय १७ जना ज्येष्ठ नागरिक भएको तथ्यांक रहेको बताउँदै सबैका घरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका जनप्रतिनिधि तथा सम्भव भएसम्म राजनीतिक दलका नेताहरु समेत पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताइन् ।  

ज्येष्ठ नागरिकको घरमा नै पुग्दा उनीहरुको अवस्था र समस्या बारे जानकारी हुने भएकोले यस्तो कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताए । ‘एउटा ब्ल्याङकेटले हुने त केही होइन तर ज्येष्ठ नागरिकको अवस्था कस्तो छ, उहाँहरुका समस्या के छन् भन्ने कुरा सुन्न, उहाँहरुका सुझाव लिन घरमा नै जाने बाटो हो यो, घरमा जाँदा खालि हात नजाने भनेर ब्ल्याङकेट लिएर गएका हौँ’, श्रेष्ठले भने । 

नागरिकका घर घरमा जाँदै धेरै कुराको ज्ञान प्रात भएको उनले सुनाए । यसले गाउँपालिकाले काम गर्दा ध्यान दिनुपर्ने कुरा तथा योजना बनाउँदा ख्याल गर्नुपर्ने धेरै विषयको जानकारी प्राप्त भएको श्रेष्ठले बताए ।गाउँपालिकाको यो कामलाई कतिपयले राजनीति गर्न खोजेको भन्ने आरोप लगाएको भए पनि यो नितान्त सामाजिक काम भएको उनले दाबी गरे । ‘ज्येष्ठ नागरिकलाई भेट्ने, उनीहरुको कुरा सुन्न र सम्मान गर्ने कुरामा के राजनीति हुनु’, उनले भने । 

गाउँपालिकाले वडा नं ३, ४, ५, ६, ७ र ९ का केही ज्येष्ठ नागरिकलाई ब्ल्याङकेट वितरण गरिसकेको बताउँदै गाउँपालिकाकी कर्मचारी बिहानी सिञ्जाली मगरले बताइन् । वडा नं १, २, ८ मा भने वितरण गर्न बाँकी रहेको उनले जानकारी दिइन् । वितरण गरिएका वडाका पनि केही नागरिक छुटेकाले उनीहरुलाई पनि घरमा नै गएर दिने कार्यक्रम रहेको उनले बताइन् । ‘अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु समेत भएर सबैलाई घर घरमा नै गएर सम्मन गर्ने कार्यक्रम छ’, उनले भनिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार