मुख्य समाचार
लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर |

कास्कीका उत्कृष्ट प्रहरी बने राजकुमार कार्की

Ujyalosandeshonline 12435+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले प्रहरी निरीक्षक राजकुमार कार्कीलाई २०८२ साल असार महिनाको 'उत्कृष्ट प्रहरी' (Best Police of the Month) घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत कार्कीलाई असार महिनाभरि विभिन्न आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

प्रहरी निरीक्षक कार्कीले असार महिनामा लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेका थिए । त्यसैगरी, अवैध रूपमा ल्याइएको करिब १ करोड ३० लाख बराबरको सुन र हिराका गरगहना सहित २ जनालाई पक्राउ गर्न उनी सफल भएका थिए ।

यसका साथै, एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालोमोसो दल्ने कार्यमा संलग्न ३ जनालाई पनि उनले पक्राउ गरेका थिए । कार्कीले जिल्लाका विभिन्न स्थानमा जुवातास खेल्ने २२ जनालाई ४ लाख ८६ हजार ४७५ रुपैयाँ नगदसहित पक्राउ गरी कारबाहीको दायरामा ल्याएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार