मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

दोस्रो मन्थली नगर कपको उपाधि भटौलीलाई

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ माघ २०८०, शनिबार

रामेछाप । दोस्रो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ भटौलीले जितेको छ । 

शनिबार भएको फाइनल खेलमा गत वर्षको विजेता टिम वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै भटौलीले रनिङ शिल्डसँगै एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ । 

उपविजेता मन्थली–१ ले नगद ७५ हजारमा चित्त बुझाएको छ । तेस्रो स्थानमा रहेको वडा नं ८ चिसापानीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । चिसापानीले वडा नं ४ सालुलाई २६–२४, २५–२० र २५–१९ को सोझो सेटले हराउँदै तृतीय स्थान प्राप्त गरेको हो ।  

सान्त्वना भएको सालुले नगद ३० हजार प्राप्त गरेको छ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, ब्लकर, डिफेन्डर र रेफ्रीलाई समेत ट्रफी, नगद प्रदान गरिएको छ । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, वडाध्यक्ष लगायतको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार