अर्घाखाँचीमा भलिबल प्रतियोगिता सुरु : खेलाडी अनुशासित र राष्ट्रका निर्माता हुन्– प्रजिअ सुवेदी

Ujyalosandeshonline 11561+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खेलाडीहरू अनुशासित र मर्यादित नागरिक हुनुपर्ने बताउनुभएको छ। सातौं अर्घाखाँची महोत्सव अन्तर्गत सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रजिअ सुवेदीले स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाँले खेलाडीहरू भविष्यका राष्ट्र निर्माता भएको उल्लेख गर्दै महोत्सवभित्र खेलकुद गतिविधि समेटिनु सकारात्मक पक्ष रहेको धारणा राख्नुभयो।

चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजना र मन्जरी युवा क्लबको सह–आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा २७ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिम तथा उत्कृष्ट खेलाडीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिवस जीसी, सशस्त्र प्रहरी प्रमुख योगराज दाहाल, चेम्बर अध्यक्ष अशोक श्रेष्ठ, भुमिकास्थान–८ का वडाध्यक्ष राज कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष विक्रम नेपालीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार