मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीको डण्डा: दुई दिनमा ३ जना पक्राउ ,२५ लाख ७५ हजार बरामद

Ujyalosandeshonline 11540+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

भैरहवा । लामो समयदेखि जिल्लामा हुँदै आएको हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीले डण्डा चलाउन सुरु गरेको छ। प्रहरीले हुण्डी कारोबारको आरोपमा दुई दिनमा तीन जनालाई पक्राउ गरी उनीहरुको साथबाट २५ लाख ७५ हजार बढी रुपैयाँ बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा प्रहरीले एक भारतीय नागरिकसहित कपिलवस्तु र रुपन्देहीका गरी ३ जनालाई रकमसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-७ का ३८ वर्षीय दिनेश बनियाँ, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का ४६ वर्षीय मसिउद्दिन फकिर र भारतको नौतनवा ५० वर्षीय कृष्ण अग्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीले यी तीनै जनालाई छुट्टाछुट्टै रुपमा रकमसहित पक्राउ गरेको हो ।प्रहरीका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भैरहवा बैंकरोडस्थित लु ६८ प ४७९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने सम्मरीमाईका बनियाको साथबाट १३ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

त्यस्तै सिद्धार्थनगर नगरपालिका-१२ स्थित हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाको टोलीले कपिलवस्तुका फकिरको साथबाट तीन लाख ८६ हजार दुई सय रुपैयाँ र एक थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एंव डीएसपी सुरज कार्कीले जनाए ।

उनका अनुसार बिहीवार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले यूपी ५६ जे १६५३ नम्बरको मोटरसाइकल रोकर चेकजाँच गर्ने क्रममा भारतका अग्रहरीको साथबाट स्रोत नखुलेको ८ लाख ३९ हजार चार सय पचास रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार