मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

कर्णालीको समृद्धिका लागि राजनीतिक र सामाजिक एकता आवश्यकः मुख्यमन्त्री कँडेल

रासस 692+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिका लागि राजनीतिक तथा सामाजिक एकता आवश्यक रहेको बताउनुभएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छाशक्तिको कमी नभई एकतामा देखिएको कमजोरी हो भन्नुभयो । उहाँले प्रदेशको विकास र समृद्धिको आधारस्तम्भ राजनीतिक तथा सामाजिक एकता भएकाले यसका लागि सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।     

पार्टीभित्र र बाहिर देखिने विभाजित सोचका कारण विकास प्रक्रियामा अगाडि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री कँडेलले अब प्रदेशको विकासलाई गति दिन सबै पक्ष साझा उद्देश्यका साथ एकैठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कर्णालीलाई अगाडि बढाउने तागत, हामीबीचको एकता नै हो । हामी अलगअलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा कर्णालीले छलाङ मार्न सक्छ ।”     

एमालेले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घरघरमा पुगेको बताउँदै उहाँले समाज, राष्ट्रको हितभन्दा आफ्नो हितलाई मात्र प्राथमिकता दिने व्यवहारले सङ्गठन र प्रदेश दुवै कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो ।   “सामूहिक भावना भन्दा व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति सबैले त्याग्नैपर्छ । अवसर खोज्ने मात्र होइन, जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।     

सामाजिक सञ्जालको प्रयोगमा पनि जिम्मेवार बन्न नेतादेखि कार्यकर्तालाई सुझाउँदै उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, सङ्गठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो । त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ ।” देशको राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले संविधानमाथि प्रश्न उठाउने अवस्था नआओस् भनेर सबै दल संविधानको रक्षाका लागि एकजुट हुनुपर्ने धारणा राख्नुभयो । बैठकमा एमालेका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, ठम्मर विष्ट, कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजग शाहलगायत जिल्ला कमिटीका नेताहरूको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार