मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

Ujyalosandeshonline 11540+ समाचार ( )
२७ माघ २०८०, शनिबार

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले, कृषि र कृषिजन्य उद्योगहरूमा प्रयोग हुने विद्युत निःशुल्क गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा शनिबार आयोजित नेपाल कोल्ड स्टोरेज संघको २९ औं वार्षिक साधारणसभामा उनले १६ औै योजना बनाइरहेको राष्ट्रिय योजना आयोगमा पनि उक्त प्रस्ताव आफूले राखेको बताएका हुन् । 

उनले भने, ‘मेरो धारणा भनेको अहिले पनि स्पष्ट छ । कृषि र कृषिजन्य उद्योगहरूमा प्रयोग हुने विद्युत निःशुल्क गर्नुपर्छ । त्यो हुन्छ हुँदैन छुट्टै कुरा हो तर हुनै पर्छ भन्ने मेरो धारणा हो, त्यसमा म अडिग छु । अहिले १६ औै योजना बनाइराखेको राष्ट्रिय योजना आयोगमा पनि भनेको छु । अहिले सकिँदैन भने पञ्चवर्षीय योजनामा राख्दिनु भनेको छु, कृषिमा आधारित नै उद्योग हुनुपर्छ फेरि अन्यन्त्र प्रयोग हुनु हुँदैन ।’

कृषकले उत्पादन गरेको वस्तु सरकारले किन्नुपर्छ भन्ने माग उठिरहेको सन्दर्भमा उनले सरकार किन्ने बेच्ने कुनै व्यापारी नभएको बताए । 

उनले भने ‘कतिपय उत्पादन सरकारले किन्नपर्छ भन्ने कुरा उठेको छ । म रहेको पार्टीको नेताहरूले पनि ठूलो मुद्दा बनाएर हिँड्नुभएको छ । नेपालको उत्पादन किन्ने बेच्ने व्यापार गर्न सरकार व्यापारी हो कि हो होइन भन्ने कुरा हुन्छ । मलाई लाग्छ सरकार व्यापारी होइन ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार