मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

विदेशी बुबा भएका पाँच जनाले पाए अङ्गीकृत नागरिकता

रासस 550+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

बागमती । आमा नेपाली र बुबा विदेशी भएका पाँच जनाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयबाट बुबा विदेशी भएका पाँच जनाले आमाको नामबाट अङ्गीकृत नागरिकता प्राप्त गरेका हुन् । 

नागरिकता ऐनमा भएको संशोधनअनुसार हालसम्म नागरिकता प्राप्त गर्न आवश्यक कागजात पेस गरेका पाँच जनालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका तीन, हेटौँडा उपमहानगरपालिका–४ का एक र राक्सिराङ्ग गाउँपालिकाका एक गरी पाँच जनाले नागरिकता पाएका उहाँले बताउनुभयो । 

आमाको नेपाली नागरिकता भए पनि बुबा विदेशी हुँदा नागरिकता पाउन नसकेका ती पाँचै जनाले लामो समयदेखि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदै आएका थिए । नागरिकता ऐन संशोधन भएपछि उहाँहरूलाई नागरिकता प्रदान गरिएको सहायक प्रजिअ जोशीले बताउनुभयो ।

उहाँका अनुसार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन गरिएको हो । बुबा विदेशी रहेको प्रमाणका आधारमा आमाको नामबाट नागरिकता दिन सकिने पछिल्लो नागरिकता निमवालीमा व्यवस्था भएअनुसार पाँचै जनालाई नागरिकता दिइएको सहायक प्रजिअ जोशीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार