मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रेसुङ्गाको हरियाली अभियानमा भूतपूर्व सैनिक संघको हातेमालो

Ujyalosandeshonline 12431+ समाचार ( )
तस्बिर : मनु मनसुन
३१ असार २०८३, बुधवार

गुल्मी । रेसुङ्गा नगरपालिकाको "फूलैफूलको नगर, पर्यटकको रहर" अभियान अन्तर्गत नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्य समिति गुल्मीले ऐतिहासिक तथा धार्मिक स्थल नुनामारे क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ गरेको छ । नगरको ६ हजार बिरुवा रोप्ने लक्ष्यलाई सघाउँदै संघले मंगलबार कपुर, गुराँस, दालचिनी र अम्बा लगायतका ५० भन्दा बढी प्रजातिका बिरुवा रोपेको हो ।

कार्यक्रममा संघका जिल्ला सभापति पशुपति पाण्डे र रेसुङ्गा नगरपालिका–१ का वडाध्यक्ष रामप्रसाद पन्थी लगायतको सहभागिता थियो । नगरप्रमुख खिलध्वज पन्थीले तीन वर्षअघि सुरु भएको यो अभियान स्थानीय सरकार, संघसंस्था र नागरिकको साझा सहकार्यले परिणाममुखी बन्दै गएको बताउनुभयो । वि.सं. २०५३ मा स्थापित संघले सैनिक हकहितका साथै वातावरण संरक्षण जस्ता सामाजिक कार्यमा पनि योगदान पुऱ्याउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार