शिवम् सिमेन्टमा चोरी गर्ने तीन युवक पक्राउ

Ujyalosandeshonline 12434+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ मा रहेको शिवम् सिमेन्ट उद्योगबाट पित्तलको बुस लगायतका सामग्री चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चोरीको सामानसहित उनीहरुलाई हेटौंडा-१५ स्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा सर्लाहीको बसबढिया गाउँपालिका-३ का २५ वर्षीय सुनिल कुमार यादव, रौतहटको गरुडा नगरपालिका-५ का २५ वर्षीय पवन यादव र सोही ठाउँका २१ वर्षीय रितेश कुमार यादव रहेका छन् ।

उद्योग परिसरभित्र रहेको मेकानिकल वर्कशपबाट साउन ३ गते क्रसरको सापटको पित्तलको बुस लगायतका सामग्रीहरु चोरी भएको थियो। पक्राउ परेका तीनै जनालाई मकवानपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार