मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना, मन्त्री पाण्डेद्वारा उद्घाटन

Ujyalosandeshonline 11171+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं । नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल पभेलियनको उद्घाटन गरेका हुन् । 

नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन नेपाल पर्यटन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीहरूलाई यस मञ्चमा सहभागी गराउनु भएको छ, जसमा एडभेन्चर टुरिजम, सांस्कृतिक अन्वेषण, ट्रेकिंग र प्रिमियम आतिथ्य सेवाहरूको समावेश छ ।

मन्त्री पाण्डेले उद्घाटन समारोहमा नेपालका अद्वितीय पर्यटकीय सम्भावनाहरूको चर्चा गर्दै नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आईटीबी बर्लिन–२०२५ लाई नेपालको दिगो पर्यटन प्रतिबद्धता र प्रबद्र्धनका लागि उपयुक्त अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

नेपाल पभेलियनमा नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, सांस्कृतिक धरोहर र अन्य प्रमुख पर्यटन गन्तव्यहरू प्रस्तुत गरिने छन् । समारोहमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायत नेपाल र विभिन्न देशका पर्यटन व्यवसायीहरूको उपस्थिती रहेको थियो ।

आईटीबी बर्लिनजस्तो प्रमुख अन्तर्राष्ट्रिय मञ्च मा नेपाली कम्पनीहरूको सहभागिताले नेपालका पर्यटकीय आकर्षणहरूलाई प्रबद्र्धन गर्ने एउटा सुनौलो अवसर भएको बोर्डका सीईओ जोशीले विश्वाुस व्यक्त गरे । 

यो कार्यक्रम नेपालका विविध पर्यटन क्षेत्रहरूलाई प्रवद्र्धन गर्नका साथै, अन्तर्राष्ट्रिय पर्यटन उद्योगसँग साझेदारी गर्ने र नयाँ बजारमा नेपालको पहिचानलाई थप सशक्त बनाउन सहयोगी हुने अपेक्षा गरिएको छ । यसले नेपालको पर्यटन व्यवसायलाई अन्तर्राष्ट्रिय बजारमा नयाँ सम्भावनाहरूको खोजी गर्ने र नेपाललाई विश्वभरका पर्यटकहरुसमक्ष प्राथमिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने बोर्डको अपेक्षा छ । 

सन् १९९६ बाट सुरू भएको आईटीबी बर्लिन विश्वको प्रमुख यात्रा व्यापार मेला हो र यस वर्ष १८० भन्दा बढी देशबाट १०,००० भन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहने छ । नेपालले यस मञ्चलाई आफ्नो हिमालमा ट्रेकिङ, सांस्कृतिक अन्वेषण र साहसिक पर्यटनका विशेष अनुभवहरूलाई विश्वभर चिनाउनको लागि निरन्तर सक्रिय रूपमा प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार