मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

२ सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनोलाई अनुमति

Ujyalosandeshonline 12444+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ । 

विभागका अनुसार, अनुमतिप्राप्त होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) होटल रहेका छन् । त्यस्तै, साधारण हेरिटेज÷बुटिक होटल १, डिलक्स हेरिटेज÷बुटिक होटल ३, र लक्जरी हेरिटेज÷बुटिक होटल ३ गरी कुल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ ।

विभागले एक सय २३ साधारण रिसोर्ट, ६ डिलक्स रिसोर्ट र तीन लक्जरी रिसोर्टलाई अनुमति प्रदान गरेको छ । त्यस्तै विभागले नौंवटा ठूला क्यासिनो र १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनोलाई अनुमति दिएको छ । यस्तै, तीनवटा क्यासिनो अदालतको स्टे अर्डरका कारण सञ्चालनमा रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार