मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बेरोजगार युवालाई रोजगारको लागि पालिकामै ड्राइभिङ तालिम

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

मुगु ।  गाउँमा रोजगारी नपाएर यूवा बिहीन गाँउ हुन थालेपछि  कनकासुन्दरी गाउँपालिकाले पालिका भित्र रहेका बेरोजगार  यूवालाई स्वरोजगार बनाउनका लागि ड्राइभिङ तालिम दिएको छ । यूवालाई गाउँमै स्वरोजगार बनाएर आत्मनिर्भर भएर जीविकोपार्जनमा सुधार ल्याउन विपन्न गरीब बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिइएको हो ।

जुम्लामा पछिल्लो समयमा  गाउँगाउँमा सडक सन्जाल जोडीएपछि यातायातका साधनहरु बस्ती बस्ती पुग्न थालेपछि ड्राईभरको माग बढी रहेको अवस्थालाई मध्यनजर गर्दै ड्राइभिङ तालिम दिइएको हो । सिप सिकेर कार्यान्वयनमा ल्याएपछि आम्दानी वृद्धि गर्न सकिने सम्भावना भएको हुँदा ड्राईभर पेशा सम्भावनालाई अवसरमा बदल्न तथा यूवालाई गाउँमै स्वरोजगार बनाउनका लागि क्याड नेपाल जुम्ला र कनकासुन्दरीगाँउपालिकाको सहकार्यमा बेरोजगार यूवालाई ड्राइभिङ तालिम दिएको हो ।

एक जना महिलासंगै आठ जना यूवालाई एक महिने ड्राइभिङ तालिम दिएको छ । तालिम पाएपछि गाउँमै केही गर्ने ईच्छा शक्ति पलाएको वर्षसनराज बुढाले बताए । उनले भने, ‘सबै गाउँ छोडेर पलायन हुँदा आफूलाई पनि जाउँ जाउँ लाग्थ्यो । एक महिनाको ड्राईभिङ तालिम पाएपछि अब ऋण जोहो गरेर पनि गाउँमा अटो संचालन गर्ने सोचमा छु । धेरै यूवाले अटो चलाएरै घर परिवार चलाएको देखेको छु ।’

कनकासुन्दरी ३ की सरस्वती बुढाले तालिम कार्यान्वयन गरेको खण्डमा कनकासुन्दरीकी पहिलो महिला चालक बन्ने भएकी छिन् । गाउँमा महिला चालक भएपछि कुरा काट्ने चलन छ । उनले भनिन्,‘महिलाले गाडी चलाउनु हँुदैन् भन्ने गाउँको संकिर्ण सोच तोड्ने प्रयासमा छु । धेरै महिलाले डोजर टिप्पर बस चलाएको पनि देखेको छु । ढिलो चाडो सिपको प्रयोग अघि बढाउने सोच छ ।’

क्याड नेपालका अध्यक्ष कृष्ण बहादुर महतले काम विहिन यूवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिमको योजना बनाइएको बताए । एक महिने तालिम सिक्न महंगो खर्च लाग्थ्यो । तर क्याड नेपालले निःशुल्क रुपमा तालिम दिएर स्वरोजगार बनाउने उदेश्यले तालिम दिएको उनको भनाई छ ।

आफ्नो सीप क्षमतालाई व्यवहारमा लागू गरेमा आर्थिक आम्दानी र जीविकोपार्जनमा सुधार हुने उल्लेख गरे । यूवाहरु सीप रोजगार नपाएर पलायन भईरहेको अवस्थामा सवारी चलाएर घर परिवार चलाउन सक्ने ईच्छा भएका यूवालाई तालिम दिईएको महतले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार