मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

लागुऔषध सहित दुई जना पक्राउ

Ujyalosandeshonline 11573+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

सर्लाही । सर्लाही प्रहरीले लागुऔषध ओनेरेक्स र आरजेई–एससिइएनको दुई सय  बोटल  सहित दुई जनालाई  पक्राउ गरेको छ ।

पर्सा गाउँपालिका वडा नम्वर ६ मङराहा पोखरी स्थित हुलाकी सडकमा प्रहरी चौकी पर्साबाट खटिएको चेकजाँच टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पर्सा गाउँपालिकाको मङराहा पोखरी स्थित हुलाकी सडकबाट प्रहरीले लागुऔषध सहित सर्लाही लालबन्दी ११ का २६ बर्षीय मुकेश यादव र सोही मोटरसाइकलमा पछाडी सवार १९ बर्षीय संजिव महतोलाई पक्राउ गरेको सर्लाही प्रहरीद्वारा जारी गरिएको प्रेस नोटमा उल्लेख छ ।

भारतबाट नेपाल तर्फ आउँदै गर्दा ना.४२ प. ४२७० नम्वरको मोटरसाइकलमा आउँदै गरेका अवस्थामा ओनेरेक्स–१०० एमएलको १७० बोटल र आरजेई–एससिइएन–१०० एमएलको २४ बोटल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ  ।

लागुऔषध सहित पक्राउ गरिएका दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट थुनामा राखी अनुसन्धान गर्नका लागि १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार