मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो

Ujyalosandeshonline 12437+ समाचार ( )
७ चैत्र २०८२, शनिबार

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौँस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।यही चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर भएको घटनाबारे छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो । 

उक्त घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबीन सुरु गरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । तस्कर समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । तस्करी रोक्न विगतदेखि नै उत्कृष्टकार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपु¥याएको प्रधान कार्यालयको ठहर छ ।

यसअघि उक्त घटनाका विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको  प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार