मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भविष्यमा गठबन्धन गर्ने विषय तत्कालिन परिस्थितिमा निर्भर : देउवा

Ujyalosandeshonline 12431+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय गठबन्धनको भविष्य तत्कालिन परिस्थितिमा निर्भर रहने बताएका छन् । 

ललितपुरको गोदावरीमा सोमबार पार्टीको महासमिति बैठक उद्घाटन गर्दै उनले  संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहलमा तत्कालिन गठबन्धन भएको भन्दै उनले भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालिन परिस्थितिमा निर्भर रहने बताए । 

‘हामी अहिले गठबन्धनको अभ्यासमा छांै, अहिलेको गठबन्धन सरकार बनाउन मात्रै बनेको होइन । केही समय अगाडि संसद् विघटन गर्ने र मुलुकको राजनीतिमा अस्थिरता ल्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कामहरु भएका थिए,’ उनले भने, ‘संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहलमा तत्कालिन गठबन्धन भएको हो । वर्तमान सरकार त्यसैको निरन्तरता हो । भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालिन परिस्थितीमा निर्भर हुने भएको हुनाले पार्टीले तत्कालिन परिस्थिति अनुसार गठबन्धनको औचित्य, संलग्नता लगायतका विषयमा छलफल गरेर उचित निर्णय लिन सकिन्छ ।’  

उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताए । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लान सक्ने भन्दै उनले लोकतन्त्रको विकल्प खोज्न नहुनेमा जोड दिए । 

उनले भने, ‘जनताको निराशालाई देखाएर लोकतन्त्र र गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई स्वीकार्य छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी छौं । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई समाधान गरेर देशलाई विकासको बाटोमा लान सक्छ, हामीले विधिको शासन र सुशासनमा ध्यान दिनुपर्छ ।’  

लोकतन्त्र स्थापनाका लागि कांग्रेसले लामो संघर्ष गरेको इतिहास रहेको उनले बताए । ‘नेपाली कांग्रेसले देशमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका लागि लामो संघर्ष गरेको इतिहास सबैलाई थाहा नै छ । नेपाली कांग्रेस राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक मात्र लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउन सफल भएको पार्टी हो,’ उनले भने, ‘लोकतान्त्रिक मूल्यमान्यताप्रतिका निष्ठा, जनतासँगको सम्बन्धका कारणले नेपाली कांग्रेस जन्मकालदेखि राष्ट्रको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरिरहेको छ ।’ 

महासमिति बैठक उनले विरुवामा पानी हालेर उद्घाटन गरेका थिए । बैठकमा विभिन्न प्रतिवेदन र प्रस्तावहरु पेस गर्ने कार्यतालिका छ । 

बैठकमा दस्तावेजहरु प्रस्तुत हुने र सहभागीले ती विषयहरुलाई अध्ययन गरेर आफ्नो विचार राख्ने सभापति देउवाले बताए । प्रस्तुत भएका धारणा, विचार र सुझावहरु संकलन गरेर नीतिगत दस्तावेजहरु परिमार्जन गरि पारित गरिने जानकारी उनले दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार