मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

झारखण्डमा चम्पाई सोरेन नयाँ मुख्यमन्त्री बन्दै, आजै शपथ

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

काठमाडौं । भारतको झारखण्ड राज्यमा फेरि झारखण्ड मुक्ति मोर्चाकै सरकार बन्ने भएको छ । भ्रष्टाचारको आरोप लागेपछि तत्कालिन मुख्यमन्त्री हेमन्त सोरेनले बुधबार राति पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि कांग्रेस–झारखण्ड मुक्ति मोर्चा गठबन्धनले मोर्चाकै नेता चम्पाई सोरेनलाई नयाँ मुख्यमन्त्रीका लागि अघि सारेको थियो । 

बहुमत विधायकहरूको समर्थन देखाएपछि राज्यपाल सीपी राधाकृष्णनले सोरेनलाई नयाँ सरकार गठनका लागि आमन्त्रित गरेका छन् । चम्पाई सोरेनले शुक्रबारै मुख्यमन्त्रीको शपथ लिँदैछन् । सोरेनले अबको १० दिनभित्र सदनमा बहुमत प्रमाणित गर्नुपर्ने सांसद आलमगीर आलमले जानकारी दिए । 

सोरेनले ४३ सांसदको समर्थनमा आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका थिए । 

जमीन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप लागेपछि तत्कालीन मुख्यमन्त्री हेमन्त सोरेन बुधबार राति पक्राउ परेका थिए । लगत्तै उनले पदबाट राजीनामा दिएका थिए । 

८१ सदस्यीय विधानसभामा सबैभन्दा ठूलो दल झारखण्ड मुक्ति मोर्चाका २९ सांसद छन भने दोश्रो दल भाजपाको २६ सांसद छन् । तर अर्को दल कांग्रेसले समर्थन गरेपछि झारखण्ड मुक्ति मोर्चाले सरकार चलाउने मौका लिँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार