मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

केही गर्ने हुटहुटी छ : मन्त्री अधिकारी

Ujyalosandeshonline 11566+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

भैरहवा । लुम्बिनी प्रदेशकी नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले बिगतमा कस्ता कार्यक्रमहरु अघि बढेका छन् सबै फाइल ल्याउन निर्देशन दिएकी छन् । 

बिहिवार दाङको देउखुरीस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै अधिकारीले  भनिन्, 'यसअघि यस मन्त्रालयबाट के कस्ता कार्यक्रमहरु अघि बढाइएको छ, फाइल मेरो टेबलमा ल्यानुस् म हेर्छु र केही काम गर्नुपर्नेछ । 

पदभार ग्रहणपछि संचारकर्मीसँग कुरा गर्दै अधिकारीले महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालय आफ्नो लागि एकदमै उपयुक्त मन्त्रालय भएको बताइन् । उनले महिला भएर राजनीतिमा संघर्ष गर्दै यहाँसम्म आएको कारण केही गर्ने हुटहुटी भएको जानकारी दिइन्  । अधिकारीले भनिन, 'म कति समय यो मन्त्रालयमा रहौला यो गौण विशय हो तर मैले जाने बेला केही परिवर्तनको झल्को दिएर बिदा हुनेछु ।   

अधिकारीले धर्म संस्कृतिका नाममा हुने कुसंस्कार, महिला तथा बालबालिका बेचबिखन र हिंसा रोकथामको लागि मन्त्रालयले विशेष कदम चाल्ने बताइन् । अहिले पनि हाम्रो समाजमा महिलामाथि हिसां हुने गरेको छ, बालश्रम र बाल शोषण ब्याप्त अवस्थामा छ, ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको लागि धेरै काम गर्नुपर्ने छ । अधिकारीले समाजवादको एउटा प्रमुख पक्ष भनेकै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको सुरक्षा भएको बताइन् । 

मन्त्री अधिकारीले महिला, बालबालिका र जेष्ठ नागरिकमैत्री ब्यवहार देखिने गरी लुम्बिनी प्रदेश सरकारले कामको थालनी गर्ने पनि बताइन् । सो अवसरमा मन्त्रालयका अधिकारीहरुले मन्त्री अधिकारीलाई स्वागत समेत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार