मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

मौलापुरमा शून्य करदेखि फ्री बिजुलीसम्मको योजना, बजेट अधिवेशनमा जनमुखी कार्यक्रम घोषणा

Ujyalosandeshonline 12441+ समाचार ( )
११ असार २०८२, बुधवार

रौतहट । मौलापुर नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनतालाई सिधै फाइदा पुग्ने कार्यक्रमहरू सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको बजेट अधिवेशन बसेको थियो, जसमा कर छुट, निःशुल्क सेवा, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

नगरप्रमुखको नेतृत्वमा आएको बजेटले अब मौलापुरमा कुनै पनि कर लाग्ने छैन। विद्युत् र खानेपानी पनि नगरवासीले निःशुल्क पाउने व्यवस्था मिलाइनेछ। नगरमा सुरक्षाका लागि प्रहरीको सट्टामा ‘नगरमास्टर’ राखिनेछ भने स्वास्थ्य सेवा सहज बनाउन ‘नगरडाक्टर’ आउने छन्।

‘छोरीसँग मेयर कार्यक्रम’मार्फत छोरीको बिहेमा आर्थिक सहयोग दिने व्यवस्था गरिनेछ। नगरले सबै कच्ची सडकलाई कालोपत्रे वा ढलान गरेर कच्ची सडकमुक्त बनाउने घोषणा गरेको छ। दलित समुदायका लागि ‘नमूना एकीकृत बस्ती’ बनाइने भएको छ। यसले उनीहरूको आवास समस्या समाधान गर्ने विश्वास नगरले लिएको छ।

शिक्षा क्षेत्रमा निःशुल्क र गुणस्तरीय पढाइको व्यवस्था हुनेछ। साथै, स्थानीयलाई सहज उपचार सेवा दिन ‘मोडेल अस्पताल’ बनाइनेछ। कृषकहरूलाई सहयोग गर्न कृषि विकास कार्यक्रम र पशु अस्पताल खोलिने नगरपालिकाले जनाएको छ।

अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयको उपस्थिति थियो। सबैले योजना व्यवहारिक र जनमुखी भएको प्रतिक्रिया दिएका छन्। नगरले आवश्यक बजेटको व्यवस्था गरिसकेको र छिट्टै कार्यान्वयन सुरु हुने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार