मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

असुरैना माध्यमिक बिद्यालयमा सरस्वती मूर्तिको प्राण प्रतिष्ठा

जैसमोहम्मद खान 74+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

मर्चवार । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ मा रहेको असुरैना माध्यमिक विद्यालयमा सरस्वती मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) को सक्रियतामा बिद्यालयको लागि सरस्वती मूर्ति खरिद गरि प्राण प्रतिष्ठा गरिएको हो । 

प्राण प्रतिष्ठा अघि मूर्तिलाई असुरैना, करौता, सेमरा, बिचौवापुर, बेतकुईया हुदै पुनः असुरैना ल्याई बिद्यालयमा मूर्तिलाई स्थापना गरिएको हो । स्थानिय गाउँसमाजको सहयोगमा बिद्यालयमा अधुरो मन्दिर निर्माण गरि मूर्ति राखिएको छ । पूर्व गाउँपालिका अध्यक्ष शुक्लले आफ्नो निजि लगानी ४८ हजार रुपैयामा मूर्ति खरिद गरि बिद्यालयलाई हस्तान्तरण गरेका थिए । 

वडा नम्बर ६ का वडा अध्यक्ष तौलन केवटको अध्यक्षता, तथा पूर्व गाउँपालिका अध्यक्ष बब्लु शुक्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्लले आफ्नो कार्यकालमा पालिकामा शिक्षाले फड्को मारेको बताए । आफ्नै कार्यकालमा असुरैना विद्यालयले माध्यमिक तहको मान्यता पाएकोले यसमा बिशेष लगाव रहेको उनले बताए । अझै पनि मौका पाए पालिकामा शिक्षाको विकासको लागि आफु लाग्ने उनले प्रतिवद्धता जनाए । कार्यक्रममा विद्यालयका प्रधान अध्यापक शेषनाथ कुर्मि, पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष जैस मोहम्मद खाँन, लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार