जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुप्रति श्रद्धाञ्जली तथा क्यान्डल मार्च

Ujyalosandeshonline 11164+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

जनकपुर । भदौ २३ र २४ गत्ते भएको जेन–जी आन्दोलनमा मृत्यु भएका युवाहरुको सम्मान र सम्झनामा जनकपुरधामका युवाहरुले क्यानडल मार्च र श्रद्धाञ्जली सभा गरेका छन् । आइतबार साँझ जनकपुरधामको रामानन्द चोकबाट सुरु भएको क्यान्डल मार्च जानकी मन्दिर हुँदै जनक चोकमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो । 

श्रद्धाञ्जली सभामा जनकपुरधामका युवाहरुले युवा सहिद अमर रहुन,जेनजी जिन्दाबाद, भ्रष्टाचार मुर्दाबाद, १० लाख दिएर पुग्दैन जस्ता नारा लगाएका थिए । उनीहरुले नेताहरुलाई स्वार्थको राजनिति बन्द गर्न चेतावनी समेत दिएका छन् । भदौ २३ र २४ गत्ते काठमान्डौसहित देशभर भएको जेन–जी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भइसहेको छ । जसमा अधिकांश युवाहरु रहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै