मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

अर्घाखाँचीमा नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

सन्धिखर्क । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले आफ्नो ४०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाएको छ । मूल समारोह समितिका अध्यक्ष तथा प्रशासन प्रमुख खिमराज आचार्यको अध्यक्षता र कार्यालय प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व कर्मचारीहरु तथा निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै वितरण केन्द्रका प्रमुख इन्जिनियर भट्टराईले आफ्नो कार्यकालमा भएका गतिविधि र भावी योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले जिल्लाको विद्युत प्रणाली सुधार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रादेशिक कार्यालयबाट उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएका प्राविधिक प्रमुख प्रभात कुमार चौधरीलाई सम्मान गरिएको थियो । साथै, पूर्व कर्मचारीहरु पदम भुसाल, भोलानाथ पाण्डे, रोमलाल खनाल र निर्माण व्यवसायी जय दुर्गा कन्स्ट्रक्सनका दुर्गा बहादुर नेपालीलाई पनि उनीहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

वार्षिकोत्सव समारोहलाई थप मनोरञ्जनात्मक बनाउन कर्मचारीहरुबीच १० प्रकारका खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम लेखा प्रमुख झविन्द्र खनालको स्वागत मन्तव्यबाट सुरु भई शिवा पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार