मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

रूपन्देही सुपरलिगः एमसीसी ८० रनले विजयी

Ujyalosandeshonline 11564+ समाचार ( )
१३ माघ २०८१, आइतबार

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको खेलमा मेलवर्न क्रिकेट क्लब (एमसीसी) विजयी भएको छ । एमसीसीले प्रोफेसनल मास्टर्स–११ लाई ८० रनले पराजित गर्दै सहज जित हात पर्यो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एमसीसीले निर्धारित ३९ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ८ रन बनायो । उसका लागि आदित्य यादवले ५९, सन्दीप रजालीले ५६, अमन खानलले ३० र विपिन आचार्यले १३ रन बनाए । बलिङमा प्रोफेसनलका कर्ण साहनी र ड्रस सुनारले २–२ तथा अख्तर हुसेन र जयप्रताप यादवले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्रोफेसनल ३८ ओभर ४ बलमा १ सय २८ रन बनाउँदा अलआउट भयो । उसका लागि जयप्रताप यादवले २१, ड्रस सुनारले १६, अजय रसाइलीले १५ र अख्तर हुसेनले १० रन बनाए । एमसीसीका विपिन आचार्यले ३, सन्दीप रजाली र विनय कुर्मीले २–२ तथा रमेश कुर्मी, विजय प्रजापती सोहिल पालले १–१ विकेट हात पारे । खेलमा सन्दीप रजाली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार