मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

सन्दीप मेगामार्टमा भीषण आगलागी: लाखौंको क्षति, व्यवसायी मर्माहत

Ujyalosandeshonline 12457+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सन्दीप मेगामार्टमा मंगलवार राति अचानक आगलागी हुँदा लाखौ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नेपालमै केही गर्ने सोचका साथ सञ्चालनमा ल्याइएको यस मेगामार्टमा भएको आगलागीले व्यवसायी सन्दीप साहनीलाई मर्माहत बनाएको छ ।

स्थानीयका अनुसार, धकधई क्षेत्रकै पहिलो यस मेगामार्टमा राति करिब ८ -९ बजेको बीचमा आगलागी सुरु भएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । पसल सञ्चालक सन्दीप साहनीले आफूले आगलागीको कारणबारे केही बुझ्न नसकेको बताएका छन् । आगलागी यति भीषण थियो कि, हेर्दाहेर्दै मेगामार्टभित्रका सम्पूर्ण सामान जलेर खरानी भए ।

सन्दीप साहनीका अनुसार, करिब ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा रहेको यस पसलमा भएको सम्पूर्ण सामान नष्ट भएको छ । आँखामा आँसु लिएर साहनीले भने, “यही पसलको कमाइबाट घर खर्च चलाउँथेँ र छोराछोरीलाई पढाउँथेँ । अब के गर्ने होला, म त बर्बाद भएँ ।“ उनको यो भनाइले आगलागीले पु¥याएको व्यक्तिगत र आर्थिक क्षतिको भयावहतालाई दर्शाउँछ ।

आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा आएको साहनीले बताए । यस घटनाले धकधई क्षेत्रमा ठूलो खैलाबैला मच्चाएको छ र स्थानीय बासिन्दा तथा व्यवसायीहरू स्तब्ध भएका छन् । यस आगलागीले सन्दीप साहनीको मात्र नभई धकधई क्षेत्रको व्यवसायिक गतिविधिमा समेत असर पुग्ने देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार