मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

स्व. शरमिष्ठा क्षेत्री पन्तको स्मृतिमा अक्षय कोष स्थापना: जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने

Ujyalosandeshonline 11566+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

भैरहवा ।  सि.बि. पब्लिक हाइ स्कुलकी संस्थापक प्रिन्सिपल स्व. शरमिष्ठा क्षेत्री पन्तको स्मृतिमा "स्व. शरमिष्ठा क्षेत्री पन्त स्मृति अक्षय कोष" को स्थापना गरिएको छ। विद्यालयका जेहेन्दार, मिहिनेती र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले यो कोष खडा गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्पुनम क्षेत्री न्यौपाने  र पूर्व अध्यक्ष एवं वरिष्ठ समाजसेवी  दिपक क्षेत्री न्यौपानेले आफ्नो विवाहको ५०औं स्वर्ण जयन्ती (वैवाहिक वर्षगाँठ) को अवसरमा १ लाख रुपैया प्रदान गरी यो कोषको स्थापना गर्नुभएको हो। संस्थापक प्रिन्सिपल स्व. पन्तका दिदी-भिनाजु समेत रहनुभएका न्यौपाने दम्पतीले आगामी वर्षहरूमा पनि कोषको रकम वृद्धि गर्दै लैजाने प्रतिबद्धता जनाउनुभएको छ।

यसैगरी, स्व. पन्तकी बहिनी तथा उमस्रीपि कलेज शिलाङकी प्रिन्सिपल नम्रता क्षेत्री जोशी र उहाँका श्रीमान् एवं NEHU विश्वविद्यालयका प्रोफेसर तथा वैज्ञानिक डा. सन्ताराम जोशीले पनि सोही अवसरमा ५० हजार) सहयोग प्रदान गर्नुभएको छ। उहाँहरूले पनि आगामी वर्षहरूमा थप सहयोग गर्ने वाचा गर्नुभएको छ।

कोषको संरक्षकका रूपमा पुनम क्षेत्री न्यौपाने र दिपक क्षेत्री न्यौपाने रहनुहुनेछ। विद्यालयले एक कार्यविधि बनाई प्रत्येक वर्ष सरस्वती पूजाको दिन विशेष कार्यक्रम आयोजना गरी योग्य विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने विद्यालयका प्रिन्सिपल उदय कुमार मल्लिकले बताए  ।

कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष दामोदर शर्मा घिमिरे, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगर उपप्रमुख उमा काफ्ले, वि.सं. समितिका अध्यक्ष लेखनाथ भण्डारी लगायतले स्व. पन्तको शिक्षा क्षेत्रमा रहेको योगदानको चर्चा गर्दै अक्षय कोषले विपन्न विद्यार्थीको भविष्य उज्ज्वल बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक र पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार