मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

बाढीपहिरोले सडक अवरोध भए तत्काल हटाइने, २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा

Ujyalosandeshonline 11171+ समाचार ( )
६ असार २०८२, शुक्रबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् ।

उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएको बताए । उनले मनसुनका बेला सडकमा आइपर्ने क्षति वा बाढीपहिरोको तत्कालै उद्धार गर्नेगरी तयारी भएको बताए । हरेक राजमार्गको अवरोध हटाउन देशभर २ सय ५० इक्यूमेन्ट तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । 

‘जोखम क्षेत्रमा डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । बीपी राजमार्गलगायत अन्य जोखिमयुक्त राजमार्गहरु दुई बर्ष पहिलेकै अवस्था पुर्याउने प्रयासमा छौं । सबैभन्दा उच्च जोखिममा रहेको अरनिको, कोदारी, दाउन्ने सडक क्षेत्रमा काम धमाधम जारी छ,’ उनले भने । 

‘उच्च जोखिम भएको बेला प्रशासनबाट पनि उद्धार हुन्छ । राजमार्गहरु रातिको समयमा पनि बन्द गर्नुपर्ने हुन्छ । अहिले डाइर्भसनबाटै सबै काम भइरहेको छ ।  पहिलाको भन्दा व्यवस्थित डाइभर्सन भइरहेको छ । पहिलेकै अवस्थामा आउन अझै दुई बर्ष लाग्छ ।  तर अहिलेचाहीं जोखिमलाई कम गर्न डाइर्भसनबाटै भएपनि जोखिम घटाउने गरि काम गरिरहेका छौं । पहिरो खसेको ठाउँमा तीन दिनभित्र मेन्टिनेन्स गरिसक्छौं । जहाँ जतिबेला जे पर्छ मेकानिकल तयार छन् । सबै स्थानमा हामी तयारी अवस्थामा छौं,’ उनले भने । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार