मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

Ujyalosandeshonline 12437+ समाचार ( )
फाइल फोटो
२८ श्रावण २०८३, बिहीबार

बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो । जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ । 

बडीमालिकामा १३ गाउँ, बुढीगङ्गामा १२, त्रिवेणीमा १६, बुढीनन्दामा २०, गौमुलमा ३५, खप्तड छेडेदहमा १०, जगन्नाथमा चार, स्वामीकार्तिक खापरमा १० र हिमालीमा चार वटा गाउँ पहिरोको चपेटामा रहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले राससलाई जानकारी दिनुभयो । जिल्ला विपद् प्रतिकार्य योजनाले बाढी पहिरो जस्ता विपद्को उच्च जोखिममा रहेका मध्ये करिब एक सय १५ गाउँ बस्तीहरु तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नु पर्ने जनाएको छ । 

उक्त बस्ती स्थानान्तरणका लागि हालसम्म कुनै पहल नहुँदा बर्षाको समयमा यहाँको जनजीवन प्रभावित बनेको छ ।  बुढीगङ्गा नदीले बडीमालिका, बुढीगङ्गा, त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाका सयौँ परिवारको खेतीयोग्य जमिन कटान गरेर बगरमा परिणत गरेको स्थानीय दीपक बडुवालले जानकारी दिनुभयो । जोखिम न्यूनीकरणका लागि केवल राहत र उद्धारमा सीमित नभई दीर्घकालीन योजना आवश्यक रहेको सरोकारवालाहरु बताउनुहुन्छ । बूढीगङ्गा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले बुढीगङ्गा नदीले  खेतीयोग्य जमिन बगरमा परिणत गराएको बताउनुभयो ।

विपद् प्रतिकार्य योजना २०८३ को तथ्यङ्कअनुसार जिल्लाभर २०७७ साल यता बाढी पहिरो जस्ता विपद्जन्य घटनामा परी ६२ जनाको मृत्यु भएको छ, भने झन्डै एक हजार ७ सय २८ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुरा विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै बाढीपहिरो, भूकम्प, आगलागीजस्ता विपद्हरुले जुनसुकै बेला पनि ठूलो धनजनको क्षति पु¥याउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार