मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय खोल्ने अभियान, सुनसरी र खोटाङमा उद्घाटन

Ujyalosandeshonline 11564+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

इटहरी । कोशी प्रदेश अन्तरगत सुनसरी र खोटाङ जिल्लामा पूर्वाधार विकास कार्यालयको उद्घाटन गरिएको छ । सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र खोटाङमा सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको  मुख्यमन्त्रीले सचिवालयले जनाएको छ । सचिवालयका अनुसार कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले पूर्वाधार कार्यालयहरू सुरु गरेको हो ।

मुख्यमन्त्री कार्कीले सुनसरीको कार्यालय उद्घाटन गर्दै नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको बताए । 

उनले प्रदेश सरकारको विकासको कामलाई तत्कालै अगाडि बढाउने र स्थानीयको प्राथमिकताको बोध गर्दै  सरकारको योजना अनुसार कार्यालय स्थापना गरेको उल्लेख गरेका छन् । कार्यालय स्थापना भएसँगै चालु आर्थिक वर्षमा गर्नु पर्ने कामहरु असोज महिनाभित्रमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिँदै अब जिल्ला जिल्लामा कार्यालय स्थापना भएपछि असारे विकासको प्रथा पनि अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन् । 

यसैगरी बिहीबार नै मन्त्री राईले खोटाङमा कार्यालय उद्घाटन गरे । तालिका अनुसार साउन साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार कार्यालय गरेर नौवटा मात्रै कार्यालय थिए । अब सबै जिल्लामा एउटा एउटा गरेर १४ वटा पूर्वाधार कार्यालय हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार