मुख्य समाचार
सुदूरपश्चिम खेलको उर्वर भूमि होः मुख्यमन्त्री भट्ट | बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति | चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध | बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह | रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा | नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड | बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात | बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे | गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध |

बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

Ujyalosandeshonline 12498+ समाचार ( )
तस्बिर: प्रतीक्षा आले मगर/रासस
२५ अशोज २०८३, आइतबार

काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बूढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बुढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो । 

बूढीगण्डकी जलविद्युत् आयोजना प्रवर्द्धक टाइम्स इनर्जी प्रालिका अनुसार आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण बाढीले बगाएको छ । यस्तै, दोभान खोला जलविद्युत् आयोजनाअन्तर्गत क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज बाढीले बगाएको छ । त्यसैगरी, यार खोला जलविद्युत् आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको मन्त्रालयले जनाइएको छ ।

यस्तै, माछा खोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा क्षति पुगेको छ । बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचना र निर्माणकार्यमा परेको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण सङ्कलन भइ नसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार