मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

ओलीको प्रश्न : ‘हाहु’ गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ?

Ujyalosandeshonline 12441+ समाचार ( )
११ अशोज २०८२, शनिबार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘तोडफोड र आगजनी’ को उपज भएको आरोप लगाएका छन् । बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारप्रति तीव्र आलोचना गरेका हुन् । ओलीले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीको माध्यमबाट बनेको सरकार हो ।

यो सरकारलाई म भन्न चाहन्छु, मेरा अभिव्यक्तिहरु, बोलेका कुराहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस् । कर्मचारीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती बाहिर ल्याओस् । प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, ती पनि बाहिर ल्याओस् । सबै क्षेत्रमा गरिएका कामहरू रेकर्डेड छन्, सबै बाहिर ल्याओस्। हामीले गरेका कामहरू रेकर्डेड छन्, त्यो पनि ल्याओस् ।’ओलीले आफूहरूले कुनै पनि षड्यन्त्र नगर्ने स्पष्ट पार्दै छलछाम र षड्यन्त्र होइन, पारदर्शी ढंगले अगाडि बढ्ने बताए ।

उनले भने, ‘हामी कुनै छलछाम गर्दैनौं । छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अगाडि बढ्छौं । जनतालाई सेवा–सुविधा दिन, शान्ति–सुरक्षा कायम गर्न र कानुनी राज्यको स्थापना गर्न हाम्रो नीति स्पष्ट छ ।’भ्रष्टाचारको आरोपप्रति पनि ओलीले तीव्र प्रतिक्रिया जनाए । उनले भने, ‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन । कहाँ, केमा ग¥यो, केमा घुस खायो ? यस्ता कुरा अफवाह मात्र हुन् ।’

साथै उनले  अहिलेको सरकारले केही नेताहरूको पासपोर्ट रोक्ने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीले त्यसप्रति पनि आपत्ति जनाए ।उनले प्रश्न गरे, ‘अहिले सुन्दैछु, सरकार पासपोर्ट रोक्ने कुरा गर्दैछ । के ठानेको छ त्यो सरकारले? यो हा–हु गरेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? के सोचेकै हो ?’ ओलीले देश बनाउनुपर्ने जिम्मेवारी आफूहरूले नै लिएको दोहो¥याउँदै संवैधानिक, लोकतान्त्रिक, मूलधारमा देशलाई ल्याउने बताए । 

उनले भने, ‘फेरिपनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक, मूलधारमा ल्याउँछौं। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौं ।’ओलीले देश असुरक्षित बनाउने र आतंक फैलाएर सत्तामा पुग्नेहरू किन नै सुरक्षा दिने नसकेको भन्दै  प्रश्न गरे । उनले भने, ‘सरकारमा हुनेहरूले सुरक्षा दिनुपर्छ कि पर्दैन ? असुरक्षामा देश हाल्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा नदिने यो त सरासर अन्याय हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार