मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

रामेछाप आयुर्वेद चिकित्सालय : घर–घर जाँदै, नसर्ने रोगका बिरामी पहिचान गर्दै

Ujyalosandeshonline 11171+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सर्वसाधारणलाई नसर्ने रोगबाट बचाउन नयाँ अभियान सुरु गरेको छ । चिकित्सालयले घर घरमा स्वास्थ्यकर्मी पठाएर सर्वसाधारणको उच्च रक्तचाप तथा मधुमेह (सुगर), बाथ, पायल्स, फिस्टुला, ग्यास्टिक लगायतका नसर्ने रोगको जाँच सुरु गरेको छ । 

चिकित्सालयमा बिरामीको चाप कम भएको बेला स्वास्थ्यकर्मीले घर घरमा गएर स्वास्थ्य परीक्षण गरी बिरामी पहिचान गर्न सुरु गरेको चिकित्सालयकी प्रमुख डा. पुनम नेपालले जानकारी दिइन् ।

‘आइतबारदेखि बुधबारसम्म चिकित्सालयमा नै बिरामीको चाप हुन्छ, बिहीबार र शुक्रबार बिरामीको चाप अलि कम हुने गर्दछ, त्यस्तो बेलामा स्वास्थ्यकर्मीले घरमा, घरमा नै गएर जाँच गरी नसर्ने रोगका बिरामी पहिचान गर्ने र रोग देखिएकालाई चिकित्सालयमा बोलाउन सुरु गरेका छौँ’, नेपालले भनिन् । 

सीमित साधन र स्रोतका बिचमा नसर्ने रोगका बिरामी पहिचानको यो कम सुरु गरिएको चिकित्सालयका सूचना अधिकारी दीपक कार्कीले बताए । ‘हामीसँग जनशक्ति पनि सीमित छ, मधुमेह जाँच गर्ने किड्स पनि चाहिन्छ, त्यो हामीसँग सीमित हुन्छ, तथापि चिकित्सालय आसपासका क्षेत्रमा यस्तो जाँच सुरु गरेका छौँ, प्रदेश सरकारले यसको लागि थप स्रोत साधन व्यवस्थापन गर्दा वा स्थानीय सरकारले सहकार्य गरे भने यसको दायरा बढाउन सकिन्छ, यसको दायरालाई क्रमशः बढाउँदै लैजाने सोचमा छौँ’, कार्कीले भने । 

नसर्ने रोगका बिरामीको लक्षण रोगले गाँजिसके पछि देखिने र त्यस्तो अवस्थामा उपचार निक्कै कठिन र खर्चिलो हुने  चिकित्सालयका डा.मनिकण्ठ गौतम बताउँछन् । ‘अस्पतालकै वरिपरि पनि प्रेसर, सुगर, बाथ, हाड जोर्नी, ग्यास्टिक, पायल्स, फिस्टुला लगायतका रोगको समस्या भएका धेरै बिरामी भेटिएका छन्, उनीहरूले समयमा नै उपचार गराउँदा रोग पुरै निको हुन्छ, तर ढिला ग¥यो भने उपचारमा पनि धेरै समय लाग्छ, कतिपय रोग पुरानो भएपछि पूर्णरुपमा निको पार्न कठिन हुन्छ, त्यसैले हामीले उहाँहरूलाई समयमा नै उपचार गराउन आउन परामर्श दिने गरेका छौँ’, उनले भने । 

कतिपय बिरामीहरूले लाजको कारण पनि रोग लुकाउने गरेको पाइएको चिकित्सालयकी प्रमुख डा. पुनम बताउँछिन् । ‘चिकित्सालयकै वरिपरि पायल्स, फिस्टुला लगायत मलद्वारको रोगका धेरै बिरामी भेटिएका छन्, यो सङ्ख्या जिल्लाभरि त कति छ कति, तिनै रोगीलाई लक्षित गरेर हरेक महिनाको अन्तिम शनिबार विशेषज्ञ डाक्टर ल्याएर अप्रेसनको सेवा दिएका छौँ, लाजको कारण कम मात्र बिरामी आएका छन्’, उनले भनिन् । 

पायल्स लगायतका मलद्वारका रोगको समयमा नै उपचार गर्दा पूर्णरुपमा निको हुने उनले बताइन् । तर समयमा नै उपचार नगरी घाउ बिग्रिएमा क्यान्सर भएर ज्यान जाने सम्मको अवस्था आउने उनको भनाइ छ । ‘रोग लागेपछि लाज मानेर हुँदैन, रोग साँची राख्यो भने आफैँलाई दुःख दिन्छ, भरसक चाँडो उपचार गराउनु पर्छ, सबैभन्दा राम्रो त रोग नै लाग्न नदिन आहार र व्यवहारमा ध्यान दिनु पर्छ’, उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार