मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको वडा अधिवेशन सम्पन्न, नयाँ समिति चयन

Ujyalosandeshonline 11566+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

जनकपुर ।  धनुषाको हंसपुरस्थित पश्चिमबारी टोलमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको  वैशाख २६ गते हुने राष्ट्रिय अधिवेशनको तयारीस्वरूप प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशन बाट गणेश यादवको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत रूपमा चयन भएको छ । नव गठित समितिको उपाध्यक्षमा इन्दल सबदुल नदाफ, सचिवमा नरेश साह, सहसचिवमा बिन्देश्वर यादव र कोषाध्यक्षमा राधा देवी मण्डल चयन भएका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै नेताहरूले आसन्न राष्ट्रिय अधिवेशनलाई सफल बनाउन पार्टी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, वडा स्तरबाटै संगठनलाई बलियो बनाउने अभियानमा सबैलाई सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरिएको छ ।

अधिवेशनमा केन्द्रीय सदस्य तथा प्रदेश समितिका उपाध्यक्ष एवं पूर्व मेयर रामज्ञान मण्डल प्रमुख, जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य एवं वडा अध्यक्ष उदय कुमार सिंह, जिल्ला सदस्य इस्लाम कावारी, नगर संयोजक एवं वडा अध्यक्ष लालबाबु यादव, नगर सचिव विजय झा, नगर सदस्य हरिद्याल मण्डल, शिवशंकर मण्डल, वडा सदस्य अब्दुल नदाफ, वडा कमिटी सचिव नरेश साह, तथा अन्य पार्टीका नेताहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार