मुख्य समाचार
कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक |

पाल्पाका असई खेम बहादुर केसी मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित

Ujyalosandeshonline 12676+ समाचार ( )
६ पौष २०८२, आइतबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी सहायक निरीक्षक (असई) खेम बहादुर केसीलाई मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पा मातहतको प्रहरी चौकी राम्दीमा कार्यरत केसीलाई उनले प्रदर्शन गरेको उच्च व्यावसायिकता, इमानदारी र कर्तव्यनिष्ठाको कदर गर्दै उक्त उपाधि प्रदान गरिएको हो।

आइतबार आयोजित एक कार्यक्रमका बीच पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीले असई केसीलाई पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गर्नुभयो। आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न विशेष योगदान पुर्‍याउने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्न जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्ने परम्परा अनुसार केसीलाई पुरस्कृत गरिएको प्रहरीले जनाएको छ। यस सम्मानले पुरस्कृत प्रहरी कर्मचारीको मनोबल उच्च हुनुका साथै अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक ऊर्जा र प्रतिस्पर्धात्मक भावनाको विकास हुने विश्वास लिइएको डीएसपी चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार