मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने

Ujyalosandeshonline 12437+ समाचार ( )
२० जेठ २०८२, सोमबार

जनकपुर । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ । शिक्षा तथा संस्कृतिमन्त्री रानी तीवारीले सोमबार पत्रकारसम्मेलनमार्फत असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्न लागेको जानकारी दिएकी छन् । 

उनले प्रदेश र देशको शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउने दिशामा नयाँ बहस र मार्ग चित्रको सुरुवात गर्ने उद्देश्यले सम्मलेन गर्न लागेको जानकारी दिइन । 

मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु, सम्भावनाहरु मागि गहिरो छलफल, अभ्यासहरु आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरु निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् । 

सम्मेलनमा सातवटै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरु, संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरु, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरु, विश्वविद्यालय, अनुसन्धान संस्था र शिक्षा विज्ञहरु, शिक्षक संघ, विद्यार्थी संगठन, नागरिक समाजहरुको उपस्थिती हुने मन्त्री तिवारीले जानकारी दिइन् । 

सम्मेलनले शिक्षा क्षेत्रमा क्रियाशील रहेका सरकारी निकाय, दातृ संस्था, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, शैक्षिक संस्था, नागरिक समाज र शिक्षाविद्हरुलाई एउटै साझा मञ्चमा ल्याएर शिक्षा सुधारका पक्षहरुबारे छलफल गर्ने जनाइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार