मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

वन तथा वातावरण संरक्षण साझा दायित्व:मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12437+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले वातावरण संरक्षणलाई प्रदेश सरकारको उच्च प्राथमिकतामा राखेर काम गरिररहेको बताएका छन् । विश्व वातावरण दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले जलवायुजन्य समस्याहरू दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै वातावरण संरक्षण सबैको प्राथमिकताको क्षेत्र बन्नुपर्ने बताएका हुन ।

उनले पृथ्वीको तापक्रम वृद्धि, परम्परागत पानीका मुहान सुक्दै जानु तथा फोहोरमैला र प्रदूषणको मात्रा बढ्नु वातावरणीय असन्तुलनका प्रमुख कारण भएको बताए । मुख्यमन्त्री आचार्यले वातावरणीय चुनौतीहरूको सामना गर्न प्रदेश सरकारले अनुकूलनका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । जलवायु परिवर्तनको प्रत्यक्ष असर रैथाने कृषि र खाद्य सुरक्षामा परिरहेको उल्लेख गर्दै उनले वन तथा वातावरण संरक्षणलाई साझा दायित्वका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार पानीका मुहानहरूको संरक्षण, व्यापक वृक्षारोपण, प्राकृतिक जलभण्डारणका लागि संरक्षण पोखरी निर्माण तथा वातावरणमैत्री जीवनशैलीको प्रवद्र्धन अहिलेको प्रमुख आवश्यकता हो । यी क्षेत्रमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको पनि उनले बताए । मुख्यमन्त्री आचार्यले सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै वातावरण संरक्षणको अभियानमा नागरिक, निजी क्षेत्र, नागरिक समाज तथा सबै सरोकारवाला निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

उनले वातावरणमैत्री व्यवहार अपनाई प्रकृति संरक्षणमा योगदान दिन सम्पूर्ण प्रदेशवासीलाई अपिल समेत गरे ।विश्व वातावरण दिवसले प्रकृति र मानव जीवनबीचको सन्तुलनको महत्व बुझ्न तथा पृथ्वीको सुरक्षाका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार