मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |
मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |


राष्ट्रिय राजनीतिमा समीकरण परिवर्तन भएसँगै एमाले विरूद्वको घेराबन्दी तोडिएको छ: उपमहासचिव ज्ञवाली

मनु सुनार 39+ समाचार ( )
३० जेठ २०८१, बुधवार

गुल्मी । नेकपा एमालेका केन्द्रीय  उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको सरकार बनाउने मात्र गन्तव्य नभएको बताएका छन् । एमाले  गुल्मीको १२ औं जिल्ला अधिवेशनको  सदरमुकाम तम्घासमा उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका नेता ज्ञवालीले अझै पनि यहाँका २० प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै मुलुकको सर्वोपरी विकासका खातिर नेकपा एमाले लागिरहेको उल्लेख गरे । उनले गरिबी र पछौटेपन, भ्रष्टाचारका विरूद्वको लडाइ नेकपा एमालेको मुख्य गन्तव्य रहेको बताए ।

फरक प्रसँगमा विकासका पूर्वाधार गाउँगाउँ पुगेपछि मान्छे शहरतिर झरेको बताउँदै विकास गाउँ पुग्ने र मान्छे शहर झर्नेक्रम रहेको भन्दै यो अवस्थालाई हस्तक्षेप गर्नु अहिलेको आवश्यकता रहेको टिप्पणी गरे ।

गएको तीन वर्ष नेकपा एमालेका लागि प्रतिकुलाको वर्ष भएको बताएका नेता ज्ञवालीले राष्ट्रिय राजनीतिमा समीकरण परिवर्तन भएसँगै नेकपा एमाले विरूद्वको घेराबन्दी तोडिएको दाबी समेत गरे ।

गएको तीन वर्षमा भएका सपनाका हत्यालाई नेकपा एमालेले चिर्न चाहेको बताउँदै उनले सरकार परिवर्तनसँगै अहिले स्वदेशमै केही गरी बस्न सकिन्छ भन्ने युवाहरुका लागि आशाको सिर्जना नेकपा एमालेले सञ्चार गरेको बताए । तत्कालै बामपन्थी ध्रुविकरण र पार्टी एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे ।

नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले दुरगामी परिणाम प्राप्त गर्ने गरि अधिवेशनलाई लैजानुपर्ने बताए। अधिवेशनले नेता र कार्यकर्ता बीचको एकतालाई जोगाउनुपर्ने उल्लेख गर्दै संगठनात्मक प्रणाली र विधिद्वारा पार्टी नेतृत्वको समाधान खोज्नुपर्ने  उल्लेख गरे ।

आर्थिक, सामाजिक, सांस्कृतिक शोषणका विरूद्व नेकपा एमालेले लामो समय देखि लडिरहेको बताउँदै  अन्तर विरोध देखि माथि उठेर पार्टीलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन भूमिका खेल्ने नेतृत्व अहिलेको आवश्यकता रहेको उल्लेख गरे । लुम्बिनी प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले अधिवेशनका माध्यमबाट एकताको सन्देश दिन सक्नुपर्ने बताइन् ।

अधिवेशनले स्वस्थ प्रतिस्पर्धालाई एकताका लागि केन्द्रमा राख्नुपर्ने बताइन् । स्वार्थका लागि नेतालाई सिरानी हाल्ने कार्य गलत भएको भन्दै नेता विचलित भए पनि कार्यकर्ताहरू स्थिर रहेका उल्लेख गरिन् ।

नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्जसूर्य थापाले पार्टीको एकता, सहमति र पार्टीको सर्वोपरिमा नेतृत्व चयन गर्ने बताए ।

नयाँ ढंगले पार्टीलाई एकतावद्व गर्ने गरि नेतृत्व चयन हुन लागेको बताए । पहिलो पार्टी बनाउने गरि, हारलाई जितमा बदल्ने गरि अठोटका साथ लाग्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

नेकपा एमाले गुल्मीको जस्तो लोभलाग्दो पार्टी पंक्ति अन्य जिल्लामा कमै रहेको बताउँदै एमाले गुल्मीको प्रशंसा गरे । एक प्रसँगमा रेसुंगा विमानस्थलको शुत्रधार नेकपा एमाले रहेको बताउँदै एमालेको पौरख र नाशोको रूपमा रेसुंगा विमानस्थल रहेको दाबी गरे । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार