मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानले पूर्व विद्यार्थीलाई आकर्षित गर्दै

Ujyalosandeshonline 12431+ समाचार ( )
२७ फाल्गुन २०८१, मङ्गलबार

दाङ– लुम्बिनी प्रदेश सरकारले सञ्चालन गरेको ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान प्रभावकारी बन्दै गएको छ । पूर्व विद्यार्थीहरूलाई आफैंले अध्ययन गरेको विद्यालयमा आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्नुका साथै स्रोत अभिवृद्धिका लागि थालिएको यो अभियानले सकारात्मक प्रभाव पार्दै आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार, हालसम्म करिब एक करोड रुपैयाँ बराबरको स्रोत संकलन भइसकेको छ भने सात हजार पाँच सय भन्दा बढी पूर्व विद्यार्थीहरू अभियानमा संलग्न भएका छन् ।

गत फागुन ९ गते मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयले प्रदेशका सम्पूर्ण विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको ज्ञान, सीप, र लगानीलाई प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको हो । १७ वटा विद्यालयबाट एकैसाथ अभियान प्रारम्भ गरिएको थियो ।

मुख्यमन्त्री आचर्याले सामुदायिक विद्यालयहरूप्रति अझै विश्वास र भरोसा बढाउनु आवश्यक भएकाले अभियान थालिएको र अहिले प्रभावकारी हुदै गएको बताउनु भयो ।‘अभियान सुरु भएपछि पूर्व विद्यार्थीहरू आफैंले कखरा चिनेको विद्यालयमा पुग्न थाल्नु भएको छ ।  यसले उहाँहरूलाई आफ्नो विद्यालयप्रति मात्र जवाफदेही बनाएको छैन, शिक्षण सिकाइमा समेत योगदान गर्ने अवसर सिर्जना गरेको छ’ उहाँले भन्नुभयो,‘यो अभियान शैक्षिक गुणस्तर अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्नेछ ।’

हाल विद्यालयहरूको वार्षिकोत्सवमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अभियानले यस्ता अनावश्यक खर्च रोक्न र विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न मद्दत गर्ने बताउनुभयो ।‘अभियानले पूर्व विद्यार्थीहरूलाई उत्साहित बनाएको छ । उनीहरू नियमित रूपमा विद्यालयमा पुगेर योगदान दिन थालेका छन्’,उहाँले भन्नुभयो,‘विद्यालयका कार्यक्रमहरू रचनात्मक र प्रभावकारी हुनुपर्छ, जसमा विद्यालयहरूले विशेष ध्यान दिनुपर्छ ।’

सामाजिक विकास मन्त्रालयका उपसचिव विष्णुप्रसाद पन्थीका अनुसार, अभियान प्रभावकारी देखिएको छ ।‘पूर्व विद्यार्थीहरूलाई आकर्षित गर्ने काममा यो अभियान सफल भएको छ । हालसम्म करिब एक करोड रुपैयाँ बराबरको कोष स्थापना भइसकेको छ भने सात हजारभन्दा बढी पूर्व विद्यार्थीहरू परिचालित भएका छन्’, उहाँले भन्नुभयो ‘प्रदेशका सबै सामुदायिक विद्यालयमा पूर्व विद्यार्थीहरूको सक्रियता अभिवृद्धि गर्न हामी सफल भएका छौँ ।’

लुम्बिनी प्रदेशमा ६ हजार ३ सय ४० विद्यालय छन्, जसमध्ये ४ हजार ५ सय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयहरूमा अध्ययनरत १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थीहरूमध्ये ९ लाख २५ हजार ६ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार