मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सिमेण्टमा भएको अस्वाभाविक मूल्य बृद्धिप्रति पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको आपत्ति

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ पौष २०८१, मङ्गलबार

पोखरा । सिमेण्टमा भएको ’अस्वाभाविक’मूल्य बृद्धिप्रति पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघले आपत्ति जनाएकाछन् ।  पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम र लेखनाथ उद्योग वाणिज्य संघका महासचिवजानुका पराजुली अधिकारीले एक संयुक्त बिज्ञप्ति निकालेर सिमेण्टमा भएको ’अस्वाभाविक’मूल्य बृद्धिप्रति आपत्ति जनाएका हुन् ।  

उक्त बिज्ञप्ति मार्फत सिमेण्टमा मूल्य बढेकै कारण भौतिक निर्माण का कामहरु रोकिएको जिकिर गर्दै यस  अत्यधिक मूल्य बृद्धिले भौतिक निर्माणको गतिविधीमा हुनेमा चिन्ता प्रकट गरिएको छ ।  

पछिल्लो एक महिना भित्र प्रति बोरा सिमेण्टको मूल्यमा तीन सय ५० रुपैयाँ सम्म मूल्य बढेको जिकिर गर्दै दुबै संघको तर्फबाट जारी विज्ञप्तिमा मूल्य बृद्धि अस्वभाविक भएको जिकिर मात्र गरिएको छैन, मूल्य बृद्धिफिर्ता  लिन, प्रतिस्पर्धात्मक अर्थ व्यवस्थाको सम्मान गर्न तथा स्वभाविक रुपले आपूर्तिको प्रबन्ध गर्न माग पनि गरिएको छ ।

‘मूल्य बृद्धिबाट निश्चित कार्ययोजना र लागत अनुमानमा भौतिक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीहरु मूल्यबृद्धिले सबैभन्दा बढी मारमा परेका छन् । एकातिर राज्यले सम्पन्न भएको कामको भुक्तानीदिएको छैन भने अर्कोतर्फ निर्माण सामग्रीको निश्चित मूल्याङ्कनको आधारमा लिइएको ठेक्कामा लागत बढ्दा उनीहरुको जायजेथा नै गुम्ने अवस्था सिर्जना भएको छ,‘विज्ञप्तिमा भनिएको छ,‘  कतिपय परियोजनाहरु भर्खरै ठेक्कामा गएका छन् । हाम्रो आर्थिक वर्षको स्वरुप र टेण्डर प्रक्रियालाई  नै आधार मान्ने हो भने पनिआउँदा केही महिनाहरु भौतिक निर्माणले गतिलिने महिनाहरु हुन् । भौतिक निर्माणले गतिलिने बेलैमा सिमेण्ट र अन्य निर्माण सामग्रीको मूल्य बढ्दा सरकारकै भौतिक प्रगति कस्तो रहला?’  

विज्ञप्तिमा दुबै उद्योग वाणिज्य संघहरुले संविधान प्रदत्त उद्योगी÷व्यवसायीहरुको मुनाफा लिन पाउने अधिकारको सदैव पक्ष पोषण गर्ने भएपनि उपभोक्ता हित संरक्षणलाई पनि आफ्नो दायित्व सम्झने पनि उल्लेख छ । ‘कालो बजारी,कार्टेलिङ र खुला बजार नियन्त्रणमा लिने प्रयत्नलाई हामी सदैव अस्वीकार गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार