मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

Ujyalosandeshonline 11566+ समाचार ( )
१० अशोज २०८२, शुक्रबार

हेटौंडा । दशैं नजिकिँदै गर्दा मकवानपुरको हेटौंडामा रहेको खसी बजारमा मूल्य आकासिँदै गएको छ भने माग भने विगतका वर्षको तुलनामा कम देखिएको छ । व्यापारीहरूले तोकेको मूल्यभन्दा दोब्बरमा खसी बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ ।

दसैँ सुरु भए पनि हेटौंडा बजारमा खसीबोकाको माग धेरै बढ्न नसकेको व्यवसायीहरूको भनाइ छ । मकवानपुरका गाउँगाउँमा तथा हेटौंडा बजार क्षेत्रका बसपार्क, चौकिटोललगायत स्थानमा राखिएका खसीबोकामा पनि पहिलेका जस्ता उत्साहजनक किनबेच हुन सकेको छैन । खसी बोकाको व्यापार गर्दै आएका स्याम यादवका अनुसार चाडपर्व नजिकिँदा पनि सोचे जस्तो कारोबार हुन नसकेको हो ।

व्यवसायीहरूले खसी–बोकाको मूल्य गत वर्षकै हाराहारीमा रहेको बताएका छन् । हेटौंडा बजारका पसलमा खसीको मासु प्रतिकेजी एक हजार रूपैयाँमा बिक्री भइरहेको छ भने दसैंका लागि हेटौंडाबाट काठमाडौं शहरमा खसीबोका पठाइने क्रम पनि चलिरहेको छ ।

मकवानपुरका किसानहरूले दसैंका लागि बिक्रीमा राखिएका खसीबोकाको उचित मूल्य नपाएको गुनासो गरेका छन् । मकवानपुरगढीका किसान स्याम तिमल्सिनाका अनुसार माग कम र मूल्य पनि खासै बढ्न नसक्दा बिक्रीमा समस्या भएको छ । यससँगै उपभोक्ताहरूले स्थानीय प्रशासनलाई बजार अनुगमन गर्न र मूल्य नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार