मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

गौर भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि

Ujyalosandeshonline 11566+ समाचार ( )
१४ माघ २०८१, सोमबार

रौतहट । गौर भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिनाको अवधिमा ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको हो । पुस महिनामा रु तीन करोड ४७ लाख १४ हजार राजस्व सङ्कलन भएको र यो लक्ष्यभन्दा १७ प्रतिशत बढी रहेको गौर भन्सार कार्यालयले   जानकारी दिएको छ । चालु आर्थिक बर्षको साउनदेखि पुससम्म कुल रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले बताए ।

यो भन्सार विभागले दिएको राजस्व लक्ष्यको ८५ प्रतिशत भएको उनले उल्लेख गरे । विभागले यस आर्थिक वर्षको लागि गौर भन्सारलाई कुल रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको उनले बताए । भन्सार कार्यालयले अवैध किसिमले हुने चोरीपैठारी  रोक्न र यस्ता कार्यमा सग्लनलाई कानुनी दायरामा ल्याउन थालेपछि राजस्व सङ्कलनमा वृद्धि भएको उनले जानकारी दिए ।यस वर्षको राजस्व लक्ष्य पूरा गर्न कार्यालय अझै थप प्रभावकारी तरिकाले अघि बढने कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।

चालु आर्थिक बर्षको साउन देखि पुससम्म रु दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।यस अवधिमा  अवैध सामान ओसारपसारमा संलग्न ६६ जनालाई पक्राउ गर्नुका  साथै १०८ वटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल, र चारवटा सिटीरिक्सा समेत बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार