मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

म्याद सकिएको दुई वर्षमा पनि मन्थलीको बहुउद्देश्यीय कवर्डहल अझै अलपत्र

Ujyalosandeshonline 12437+ समाचार ( )
७ चैत्र २०८१, शुक्रबार

रामेछाप । २०७७ सालमा निर्माण सुरु भएको रामेछापको सदरमुकाम मन्थलीको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अझै अलपत्र अवस्थामा छ । मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माण गरिएको सो कवर्डहलको झण्डै ८० प्रतिशत काम सकिएको भए पनि निर्माण व्यवसायीले बाँकी काम पुरा नगर्दा कवर्डहल अलपत्र बनेको छ । निर्माण व्यवसायीले निर्माणकार्य अलपत्र छाडेपछि कवर्डहल भूतबङ्गला जस्तो भएको छ । 

सुनकोसी–गिरी जेभी काठमाडौंले २०७७ असारबाट कवर्डहल निर्माणको काम सुरु गरेको थियो । वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजारको लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोक मार्फत कवर्डहल निर्माणको ठेक्का लागेको थियो ।

सो कवर्डहलको डिजाइन नेपालमै हालसम्मको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त गरिएको छ । सो कवर्डहलमा नेपालमै अहिलेसम्म प्रयोगमा नआएको रिमोटबाट चल्ने अटोमेटिक चियरको स्टमेट थियो । जसको लागि २ करोड ८५ लाख रुपैयाँ लागत स्टमेट छ ।  तर निर्माण कम्पनीले सो काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छ । 

अहिले निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० वटा कुर्सी ल्याउन नसक्दा काम रोकिएको छ । निर्माण व्यवसायीले लामो समयदेखि काम छाडेपछि बनेका संरचना पनि ध्वस्त हुँदै गएका छन् । भवनका सिसा, टायल फुटाइएका छन् । बाथरुम, ट्वाइलेटहरू अस्तव्यस्त भएका छन् । 

जिल्ला सदरमुकामको बहुउद्देश्यीय कवर्डहल निर्माणको काम अलपत्र हुँदा खेल क्षेत्र प्रभावित भएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन् । यस विषयमा नागरिकले बारम्बार प्रश्न उठाउने गरेको भए पनि आफूहरूसँग कुनै जवाफ नभएको उनको भनाइ छ । कवर्ड हल निर्माणको लागि अन्तिम पटक २०८० साल जेठ २७ गते  सम्मको लागि म्याद थप गरिएको थियो । अन्तिम पटकको लागि म्याद थप भएको झण्डै २ वर्ष हुन लाग्दा पनि काममा प्रगति भएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार