रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

Ujyalosandeshonline 11561+ समाचार ( )
२३ चैत्र २०८१, आइतबार

रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ ।पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् । 

जंगली जनावरहरु डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानिय विकाश सुबेदीले बताए । उनका अनुसार वन जङ्गलमा डढेलो संगै हिउँदमा वन्यजन्तु चोरी निकासी प्रमुख समस्या देखिन्छ । 

डढेलोले जंगली जनावरहरु बासस्थान छाडी वस्ती आसपास र राजमार्गमा देखापर्ने गरेकाले सिकारी हरुलाई समेत वन्यजन्तु शिकार गर्न सजिलो भएको उनको भनाइ छ । जिल्लाको उतरी भेगमा लमहा, पौराई, गैडाटार, चन्द्रनिगाहपुर, भोलनटार, सिमरी, बलेरी, जंगलसैया, भैसहीलगायतका जंगल क्षेत्रमा डढेलो बढि लाग्ने गरेको पाईन्छ ।गर्मीमा सुरुवात भएदेखि नै डढेलो लाग्ने गरेकोले वन जङ्गल नजिकको बस्तीमा पनि जोखिम उतिकै रहेको चन्द्रपुर नगरपालिका वडा न ६ का वडाअध्यक्ष सहदेव के.सी.ले बताए ।

चिम्नीटोल र डाबरी टोलको नजिकमा रहेको वनमा  डढेलो लागेको थियो । उनका अनुसार  सामुदायिक तथा साझेदारी बन संगै जोडिएको  बस्ती नै जोखिममा परेपछी शनिबार दिउँसो वरुण यन्त्र (दमकल) को सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो ।

चौपाया चराउन र घाँस दाउरा लिन जानेहरुले चुरोट–बिडी सेवन गरी फालेको ठुटोबाट वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । अर्कोतर्फ वस्तुभाउ चराउन जाने गोठालाले नयाँ घाँस उम्रिने भन्दै आफैसमेत आगो लगाउने गरेका छन् । वन जङ्गलमा डढेलो नलगाउन डिभिजन वन कार्यलय रौतहटले आग्रह गरेको छ । यदपी वनमा डढेलो लगाउने कार्यमा सग्लनको पहिचान गरि कार्वाही गरिने उल्लेख गरेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार