‘मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक’

Ujyalosandeshonline 11157+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले, मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिबिधिहरुको समिक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘आयोगले आफ्नो कार्यदेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरुप सक्रियता बढाउन जरुरी छ । यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरुको,गतिबिधिहरुको समिक्षा गर्ने अवसरको रुपमा लिदैँ आफुलाई परिस्कृत र परिमार्जित गर्न आवश्यक छ ।’

उनले मधेसमा रहेकाविद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै नपुग्ने भन्दै शसक्त रुपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे । 

उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै अब पुग्दैन् । उसको क्षेत्रअधिकारले निर्धारण गरेको विषयहरुमा संवैधानिक व्यवस्था अनुरुप शसक्त रुपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ ।’ 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार