मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

दरबारमार्ग घटना: लुटिएको पेस्तोलको गोलीसहित दुई युवा पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
सांकेतिक तस्बिर।
८ कार्तिक २०८२, शनिबार

काठमाडौं । काठमाडौंमा प्रहरीले गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा दरबारमार्ग प्रहरी वृत्तबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाई राखेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाका १७ वर्षीय अनिश गिरी र झापाका १६ वर्षीय सोनम थापामगर छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख दानबहादुर कार्कीका अनुसार, नरेफाँटमा चेकजाँचका क्रममा शंकास्पद देखिएका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको र थापामगरको कोठामा पेस्तोलका गोलीहरू भेटिएका हुन्।

अनुसन्धानका क्रममा गिरीको लाजिम्पाटस्थित कोठाबाट '३११२३' नम्बर लेखिएका पेस्तोलका तीन थान गोली र थापामगरको मालिगाउँस्थित कोठाबाट सोही नम्बरका दुई थान गोली तथा एउटा छालाको पेटीको बक्कल बरामद गरिएको प्रहरीले जनाएको छ। दुवैलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्त पठाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार