मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मन्त्रिपरिषद्को निर्णय २४ घण्टासम्म गोप्य राखिने

Ujyalosandeshonline 12431+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को निर्णय २४ घण्टापछि मात्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रिपरिषदको निर्णय २४ घण्टा अगाडि नै सार्वजनिक गर्नु गोपनियता विपरीत हुने भएका कारण, २४ घण्टासम्म गोप्य रहने पहिलेको अभ्यासलाई फेरि सुरु गर्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

उनले भने, ‘मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ । मन्त्रीहरुले पनि त्यसलाई बाहिर लैजान पाउँदैन, तर आजको निर्णय २४ घण्टापछि मात्र भन्नुपर्ने आजै भनिदो रहेछ । यो त गोपनियताको विपरीत हुन्छ । अब दोस्रो बैठकदेखि मन्त्रीपरिषद्को निर्णयहरु २४ घण्टा पछि मन्त्रालयबाट जानकारी गराइनेछ । 

त्यस्तै सरकारले कीर्तिपुरको क्रिकेट मैदानलाई ३०० दिनभित्र सुविधासम्पन्न रंगशाला बनाउने निर्णय समेत गरेको उनले जानकारी दिए । 

साथै २०८२ साल असार मसान्तसम्म नेपाललाई सडकबालबालिका मुक्त गराउने, नेपाल सरकारको प्रवक्तामा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्न र विपद्का कारण बेपत्ता भई घट्ना घटेको १० दिन सम्म पनि फेला पर्न नसकेको व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने लगायतका निर्णय पनि गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार