मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चैन खोला झोलुङ्गे पुल सञ्चालनमा

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ कार्तिक २०८१, शुक्रबार

दानबहादुर बुढा

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकावडा नं २ मा अवस्थित चैनखोलामा नवनिर्मित झोलुङ्गे पुलको सञ्चालनमा आएपछि स्थानियबासिहरुलाई सहज भएको छ । पुलकुल १ सय ४७ मीटर लम्बाइ र करिव २७ मिटर उचाइ भएको झोलुङ्गे पुल शुक्रवार विधिवत रुपमा उद्घाटन गरि सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिकावडा न १,२,४,५,६,७, ८,र १० वडाका स्थानियहरुलाई जिल्ला सदरमुकाम गमगढी बजार आवतजावत गर्नका लागि निकै  सहज तथा दुरि छोटो भएको हो ।

छायाँनाथ रारा नगरपालिकाको १ करोड १० लाख १२ हजार ५ सय रुपैयाँको लगानीमा पुल निर्माण गरिएको थियो । मुगु जिल्ला कै लामो रहेको चैनखोला झोलुङ्गे पुलको उद्घघाटन कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व उद्योग पर्यटन वन बातावरण मन्त्री जितबहादुर मल्ल र जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले संयुक्त रुपमा उद्घघाटन गर्नु भएको थियो भने शिला उद्घाटन छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले गरेका थिए।

चैन खोलामा झोलुङ्गे पुलनिमार्ण भएसंगै सदरमुकाम गमगढीमा दैनिक उपभोग्य सामानकिन मेल गर्न आउन जाने र चैन गाउँमा रहेको प्रसिद्ध छायाँनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न जान सहज हुनुका साथै बालबालिकालाई बजारमा रहेका निजि तथा सामुदायिक विद्यालयहरु पुग्न सहज तथा छोटो भएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।

गत १०८१ साल बैशाख ३१ गते पुल निर्माणको सम्झौता गरेको कर्णाली ईन्फास्ट्कचर डिभलोमेन्ट् सर्भिस प्रा.लीले २०८१ साल पुस ३० गते सम्पन्न गर्नुपर्ने थियो तर पुलनिर्माण सम्पन्न हुने मिति अगावै करिब २ महिना भित्रै पुल निर्माण भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

चैन खोला झोलुङ्गे पुल उद्घघाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की, नगर उपप्रमुख ,प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, जिल्लाका विभिन्न राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चैन खोला झोलुङ्गे पुलमा सिसि क्यामारा सडक बत्ति संगै पुलको  दुबै भागको टुपामा राष्ट्रिय झण्डा गाडिए संगै थप रौकन थपिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार