मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

लघुवित्त पीडितहरुले गाउँगाउँमा वित्तिय संस्थाविरुद्ध आन्दोलन गर्ने

Ujyalosandeshonline 11564+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं । सरकारले आफ्ना माग पुरा नगरे चैतबाट लुघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले गाउँगाउँबाट वित्तिय संस्था लखेट्ने कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ ।मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई गैर जिम्मेवार नबन्न चेतावनीसमेत दिएको छ ।

कार्यक्रममा प्राडा सुरेन्द्र केसीले वर्तमान ओली सरकार पीडितहरुलाई न्याय दिनेभन्दा निर्मम हुन थालेको आरोप लगाए । केसीले लघुवित्त पीडितहरुको प्रतिवेदन सरकारले सार्बजनिक र कार्यानवयन गर्नुपर्ने धारणा राख्दै भने,‘सरकारले पीडितका कुरा नसुन्ने हो भने यो सरकारलाई यीनै पीडितको आन्दोलन चुनौति बन्ने निश्चित छ ।’

समितिका अध्यक्ष मनिराम ज्ञवालीले नेपाल सरकार राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुङगाना तिमल्सिनाको नेतृत्वमा गठित स्थलगत अध्ययन कार्यदलले लघुवित्त पीडित प्रतिवेदन २०८१ असार २६ गते पारित प्रतिवेदनलाई सार्बजनिक र कार्यान्वयन गर्न माग गरे । सरकारले त्यसो नगरेकाले थप मागहरुसहित समग्र वित्तिय शोषण विरुद्धमा आउने चैत ५ गतेदेखि काठमाडौं केन्द्रीकृत आन्दोलन गर्ने घोषणा गरेका छन् ।

अध्यक्ष ज्ञवालीले माग पुरा नहुनजेल आन्दोलनमा जुट्न लघुवित्त, बैंक, सहकारी र मिटर ब्याजी पीडितहरुलाई एकजुट भई आन्दोलनमा जुट्न अनुरोध गरे । ज्ञवालीले वित्तिय शोषण विरुद्धको संघर्षमा आफूहरु संस्थापन पक्ष रहेकाले पनि सबैलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी वित्तिय शोषणको अन्त्य गर्नका लागि एकजुट हुन अनुरोध गरे ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्ध संघर्ष समिति नेपालका संरक्षक अगस्त अधिकारीले सरकारले आफ्ना आवाजहरुलाई कुल्चने कुचेष्टा गरे गाउँगाउँबाट वित्तिय शोषकहरुलाई लखेट्ने चेतावानी दिए ।

नेसन फस्र्टका संयोजक डा.नन्द प्रसाद काप्रीले वर्तमान केपी ओली सरकार जनताको पक्षमाभन्दा, दलाल, भ्रष्टहरुको पक्षमा रहेको आरोप लागउँदै भने,‘बैंक,लघुवित्त, सहकारी र मिटर ब्याजी पीडितले आवाज उठाउँदा जेल कोच्दै छ । अब पीडितको आन्दोलनको भेलले ओली सरकार बगाउने दिन टाढा छैन ।’

राष्ट्रिय स्वयमसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले वित्तिय माफियाहरुसँग लड्न सम्पूर्ण तयारी पूरा गरिएको घोषणा गर्दै सरकारलाई चेतावनी दिए ।

समितिका प्रशिक्षण विभाग प्रमुख मणिप्रसाद चौलागाईले तीन वर्षदेखि लगातार आन्दोलन गर्दा पनि नसुन्ने सरकार जनता भन्दा पनि वित्तिय माफिया, भ्रष्टाचारी र तस्करहरुको संरक्षक भएको आरोप लगाए । चौलागाईले त्यसका विरुद्ध जस्तोसुकै लडाईका निम्ति आम जनतालाई तयार हुन अनुरोध गरे । सो कार्यक्रमलाई राष्ट्रिय स्वयमसेवक नेपाल कोशी प्रदेशका संयोजक दिलीप ग्राङ्जा मगरले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार